www.tandavnews.com
Fact ~ In search of truth

उत्कृष्ट खेल पस्कदै नेपाल बन्यो उपविजेता

भुटान
अर्जुन गिरी / ताण्डव न्युज

भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पिनसिपमा उत्कृष्ट खेल पस्कदै नेपाल उपविजेता बनेको छ । आइतबार हिजो सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशसँग १–० को झिनो गोल अन्तरले हार व्याहोर्नु परेको हो ।

भुटानको थिम्पुमा रहेको खेल मैदानमा राम्रो खेल प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भएको नेपाली टिमलाई भाग्यले भने साथ नदिदा हार्नु पर्यो । दोस्रो हाफमा बंगलादेशले अफ साइड हुदै हानेको गोललाई रेफ्रिले सदर गर्नु नेपालको लागि दुर्भाग्य बन्यो । पहिलो र दोस्रो हाफमा बंगलादेशलाई दवावमा राखेको नेपाली टिमले पाएको केही सुनौलो अवसर सदुपयोग गर्न नसक्नु पनि हारको कारण बनेको हो ।

Batas

नेपाली टिमकी खेलाडी स्टाइकर रेखा पौडेलले सर्वाधिक गोल कर्ताको उपाधी पाईन् । उनले ७ गोल गर्दै उपाधी हात पारेकी हुन् । खेल राम्रो खेलपनि भाग्यले साथ नदिएको मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बताए । ‘बंगलादेशले एक गोल गर्यो, जुन अफ साइड दियो,’ उनले भने, ‘दुई तिन जना खेलाडी अफ साइड हुदा पनि रेफ्रिले अफ साइड दिएन् ।’ नेपाली टिमले निकै राम्रो खेलको उनले सुनाए । ‘म मेरो टिमको खेल प्रति सन्तुष्टी छु,’ उनले भने, ‘खेल राम्रो खेलेर मात्र हुदैन, कहिले काँही भाग्यले साथ दिदैन, त्यस्तै भयो ।’

राम्रो खेल्दा पनि नतिजा हात नपरेको टिम कप्तान सरु लिम्बुले बताईन् । ‘खेल राम्रो भएको थियो,’ उनले भनिन्, ‘रेफ्रिकै कारण हारेका हौ ।’ रेफ्रिले राम्रोसँग आफ्नो जिम्मेवारी पुरा नगर्दा हार व्यहोर्नु परेको कप्तान लिम्बुले सुनाईन् । ‘दिनु पर्ने ठाँउमा अफ साईड दिएन्,’ उनले भनिन्, ‘त्यही एक गोलले गर्दा हामी हार्नु पर्यो।’

यता भारतले भुटानलाई हराउदै तेस्रो स्थान हात पारेको छ । आइतबारनै सम्पन्न खेलमा भारतले १–० गोल अन्तरले भुटानलाई हराउदै तेस्रो स्थान हात परेको हो भने भुटानले चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो । असोज १२ गतेदेखि सुरु भएको खेलमा ६ वटा राष्ट्रले भाग लिएको थियो ।

खेलमा नेपाल, भारत, बंगलादेश, भुटान, मालदिप्स र पाकिस्तानले भाग लिएको थियो भने श्रीलंकाले सहभागिता जनाएको थिएन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.