www.tandavnews.com
Fact ~ In search of truth

शनिबार पोखरामा ‘कस्तो रमाइलो दशैँ फेष्टिवल’

पोखरा,
ताण्डव न्यूज ।

पोखरा प्रदर्शनी केन्द्रमा असोज २७ गते शनिबार ‘कस्तो रमाइलो दशैँ फेष्टिबल–२०७५’ आयोजना हुने भएको छ ।

महान चाड दशैंको अवसरमा भिजुअल जोन प्रा.लिले फेष्टिवलको आयोजना गरेको हो ।

Batas

भिजुअल जोनका अध्यक्ष सन्जु सुनारले रमाइलो गर्ने उद्देश्यले फेष्टिवलको आयोजना गरेको जनाए ।

फेष्टिवलका मुख्य आकर्षण स्वप्न सुमन, भिजेन, सुरक्षा मल्ल तथा लोकल ब्याण्डको विजोड प्रस्तुती रहने फेष्टिबलका संयोजक प्रतिक सुनारले जानकारी दिए ।

मनोरञ्जनका लागि नाइट कन्सर्टमा कलाकार डिजे लामा, कपिल पुन, आत्मसर्ग तथा इन फ्लेम रहनेछन् ।

दिनको १ बजे शुभारम्भ गरिने फेष्टिबलमा प्रवेश शुल्क २ सय राखिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.