www.tandavnews.com
Fact ~ In search of truth

महिला फुटबल टोलीलाई जनही ५० हजार दिने एन्फाको घोषणा

काठमाडौँ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा गरेको छ ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मङ्गलबार हिजो बसेको बैठकले यू–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने निर्णय गरेको हो ।

Batas

यही असोज २१ गते भएको फाइनल खेलमा नेपाली टोली बङ्गलादेशसँग १–० गोल अन्तरले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।त्यस्तै सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

नेपाली महिला फुटबल टोली आज स्वदेश फर्कने एन्फाले जनाएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.