www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा राजा छनोट गर्न लिगलिगे दौड

गोरखा ।

गोरखामा राजा छनोट गर्न यही असोज २८ गते लिगलिगे दौड प्रतियोगिता हुने भएको छ ।

लिगलिगकोट विकास अभियानले लिगलिगे म्याराथन २०७५ को तयारी तीव्ररुपमा अघि बढेको जनाएको छ । विसं १६०४ देखि शुरु भएको मानिने सोे दौड विगत नौ वर्षदेखि हुँदै आएको छ ।

Batas

अभियानका अध्यक्ष पूर्णबहादुर रानाले विगतका वर्षमा जस्तै गोरखाको लिगलिगकोटको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई चिनाउन प्रतियोगिता गर्न लागिएको बताए ।

सो दौड चेपे र र्र्मस्याङदी नदीको दोभानबाट शुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर अन्त्य हुने छ ।

१३.८ किलोमिटर दूरी पार गर्नुपर्ने उक्त प्रतियोगितामा पहिलो हुनेलाई नगद रु ६० हजार १ सय को साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदूतको ब्याच प्रदान गरिने रानाले जानकारी दिए ।

साथै प्रतियोगिताको उपाधि विजेतालाई एकरात लिगलिगमा राजाका रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गरिने उनले बताए। त्यस्तै दोस्रो हुनेलाई नगद रु ३५ हजार र तेस्रो हुनेलाई नगद रु २५ हजारको साथमा सम्मान गरिने छ ।

नवौँ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । स्वदेशी तथा विदेशी नागरिकले भाग लिन पाउने सो प्रतियोगितामा नेपालीलाई दर्ता शुल्क रु एक हजार र विदेशीलाई रु पाँच हजार लाग्ने छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि कूल रु २८ लाख ५५ हजार लाग्ने अनुमान गरिएको छ । बडडाँडादेखि लिगलिगकोट सम्मको पाँच किलोमिटर दूरीको महिला खुला दौड प्रतियोगिता समेत हुनेछ ।

सो दौडमा प्रथम स्थान हाँसील गर्नेले २० हजार पाँच रुपैँया, दोस्रो हुनेले रु १२ हजार पाँच र तेस्रो हुनेले सात हजार ५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.