www.tandavnews.com
Fact ~ In search of truth

भोली फेवातालमा पौडी प्रतियोगिता

पोखरा ।

पोखराको फेवातालमा पौडी प्रतियोगिता हुने भएको छ ।

नेपाल पौडी सङ्घ र कास्की जिल्ला पौडी सङ्घको आयोजनामा असोज २६ गते अर्थात भोली फेवातालको दुई दशमलब पाँच किमी दूरीमा आठौँ खुल्ला पौडी प्रतियोगिता गरिने भएको हो ।

Batas

पौडी खेलको विकास र विस्तार गरी खेल पर्यटनको विकासका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रतियोगितामा विदेशी पर्यटकसहित लगभग ५० जना सहभागी हुनेछन् ।

पुरुष र महिलाको छुट्टाछुट्टै मूल्याङ्कन गरिने र फेवातालको बाराहीघाटबाट पारी पुगेर पौडीबाजहरु पुनः बाराहीघाटमै फर्कने रुट तय गरिएको छ ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.