www.tandavnews.com
Fact ~ In search of truth

एशियाकै पहिलो स्काइवाक टावर नेपालमा

काठमाडौँ ।

दक्षिण एशियाकै पहिलो स्काइवाक टावर नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको छ ।

वण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौँको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३.२ रोपनी जग्गामा करीब रु दुई अर्बको लागतमा बन्ने भएको हो । आगामी तीन वर्षमा निर्माण सम्पन्न हुने योजना सहितको उक्त परियोजनाको हिजो काठमाण्डौँमा आयोजित कार्यक्रममा शब्ददृश्य परिकल्पना सार्वजनिक गरियो ।

Batas

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकलाई समृद्धिको लक्ष्यमा लैजान वर्तमान सरकार लागिरहेको समयमा यो परिकल्पना त्यसका लागि सहायक हुने भन्दै योजना सफलताको कामना गरे ।

वण्डर्स नेपालका अध्यक्ष इञ्जिनियर आकर्षण पोखरेलले टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने दाबी गरे । सो कम्पनीले नेपालका विभिन्न १० स्थानमा स्काईवाकको निर्माण र सम्भावना बारे अध्ययन गरी काठमाडौँको कमलादीलाई रोजेको हो ।

उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङ सहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिनेछ ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.