www.tandavnews.com
Fact ~ In search of truth

आज बडादसैंको चौथो दिन , कुष्माण्डा माताको पूजा गरिंदै

पोखरा ।

आज विजया दशमीको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिँदै छ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख छ ।

Batas

उष्णता तथा शीतलतालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ ।कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बली समेत चढाउने गरिन्छ ।

यसैबीच पोखराको विन्दवासिनीमा घटस्थापना देखि सुरु भएको नवदुर्गा महोत्सव आज चौथो दिन पनि जारी छ । महो्त्सवमा दिनदिनै भक्तजनको संख्या बढिरहेको छ ।

३ सय ६५ बर्षको ईतिहास बोकेको मन्दिरमा कास्कीको साथै अन्य जिल्लाहरुबाट दर्शनार्थीहरु आउने गर्दछन् । पोखरा आउने विदेशी पर्यटक मध्ये करिब १ लाख बसेर्नी विन्ध्यवासीनि मन्दिर पुगी दर्शन गर्ने गर्छन।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.