www.tandavnews.com
Fact ~ In search of truth

दुर्घटनामा तीनको मृत्यु,३ घाईते

धादिङ ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा गएराती टिपर दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि अन्य ३ जना घाईते भएका छन् ।मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

Batas

तीमध्ये दुईको घटनास्थलमै मृत्यु भएको थियो भने सावित्रीको उपचारका लागि काठमाडौँतर्फ लैँजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।दुर्घटनामा परेको टिपर सडकबाट ६०० मिटर तल पुगेको थियो ।

टिपरमा रहेका अन्य तीनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.