www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार माथि तेजाब प्रहार

पर्सा।

वीरगञ्जमा एक पत्रकार माथि तेजाब प्रहार भएको छ ।

विरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुका माथि तेजाब प्रहार भएको हो । हिजो अपराह्न एक महिलाले दारुका माथि तेजाब प्रहार गरेकी हुन् ।

Batas

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर स्थित घरअगाडि उभिएको बेला उनी माथि छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले तेजाब फ्याँकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

घाइते दारुका वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । अभियुक्त सिंहलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।     रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.