www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ : मादी किनारमा महिलाको शव फेला

दमौली ।

तनहुँको दमौलीस्थित मादी नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् ।

व्यास नगरपालिका–३ शान्ति नगरको भिरमुनी मादी नदी किनारमा भारत सीतामणि घर भई हाल व्यास नगरपालिका–२ बस्ने ४० वर्षीया अब्दुल मिया मृतावस्थामा फेला परेकी हुन् ।

Batas

मङ्गलबार बिहान मर्निङवाकमा निस्किएकी मिया बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । शान्तिनगरको भिर नजिकै लठ्ठी र चप्पल फेला परेपछि प्रहरीले मियाको खोजी गरेको थियो ।

मृतक मिया प्यारालाइसिसकी बिरामीसमेत रहेकी थिइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.