www.tandavnews.com
Fact ~ In search of truth

सीमाले रोकेन सगीँत सिर्जनालाई

बाग्लुङ
रामबहादुर थापा ।

विदेशमा बसेर पनि नेपालीले आफूमा भएका सिर्जनाहरुलाई बेलाबखत प्रस्फुटित गर्दै आएका छन् ।

गीतकार नवराज पन्त अमेरिकामा बस्छन । उनको पछिल्लो रचना ‘सालको पात टपरी हुनी’ को चर्चा नेपालमा छ । सार्वजनिक भएको महीना दिन पुग्दा युट्युबमा १७ लाख पटक हेरिएको छ । कलाको सीमा हुँदैन । भूगोलले सिर्जनाकर्म रोक्दैन् ।

Batas

विसं २०६८ मा ‘डाँडै फुर्के सल्लो’ गीत सार्वजनिक हुँदा लोकसङ्गीत प्रेमीले श्रद्धापूर्वक पन्तको पनि नाम लिए । उनले गाउदैनन, सङ्गीत दिन्नन । तर, शब्दले गीतमा प्राण भरछन् । पन्तको मूल सिर्जनाकर्म गीत रचना हो ।

“भौतिक रूपमा अमेरिकामा बसेपनि मेरो मन र भावना नेपालमै छ”, पन्तले भने । सङ्गीतप्रति सानैदेखिको प्रेम र समर्पणले उनलाई गीत रचनातर्फ धकेल्यो । रोजगारीको सिलसिलामा चार वर्षअघि अमेरिका पुगेका पन्तले त्यहाँ पनि गीत लेखनलाई निरन्तरता दिए ।

सङ्गीतकार बसन्त थापाले आफू बेलायत भ्रमणमा हुँदा नयाँ गीत मागेपछि पन्तले ‘सालको पात।।।’ लेखे । “कम्पनीमा काम गर्दै थिएँ, एक्कासी गीत फु¥यो”, पन्तले सम्झिए, “कागजको चिर्पेटोमा शब्द उतारेँ ।” मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव उनको गीतको रचना गर्भ हो ।

गीतमा गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीको स्वर छ । सात वर्षअघिको लोकदोहारी गीत ‘डाँडै फुर्के सल्लो’ पनि यिनै चार कलाकारको उपज हो । बागलुङ नगरपालिका–१२ अमलाचौरका पन्तले अमेरिकामै बसेर हालसम्म दर्जन बढी गीत रचना गरेका छन ।

गायक÷सङ्गीतकार रामकृष्णबम मल्ल जापान पुगेको दश वर्ष भयो । उद्देश्य रोजगारी भए पनि सङ्गीतकर्ममा पनि उनको उत्तिकै लगाव छ । नेपालमै सङ्गीतको ज्ञान र अनुभव लिएर विदेशिएका मल्लको जापान पनि सिर्जनाको थलो भएको छ । “म यहाँ आएर पनि थुप्रै गीत रचना गरेँ, गाएँ” मल्लले भने, “सङ्गीत साधनाबाट टाढा छैन ।”

लोक र आधुनिक शैलीका गीतमा सङ्गीत भर्ने र गाउने मल्लले ‘मायाको बारीमा’, ‘बस प्यारी’, ‘गलकोट सम्झिएँ’ लगायतका गीत जापानमै बसेर रचना गरे । जापानमा बसेर गीत लेखीरहेका छ जना गीतकारको संयुक्त आधुनिक गीत सङ्ग्रह ‘सहयात्रा’ मा समेत मल्लको एकल सङ्गीत छ ।

बागलुङको गलकोट नगरपालिका–५ हरिचौरका मल्लको गत महीना जापानमा ‘रामकृष्णबम मल्ल एकल साँझ’ पनि आयोजना गरियो । ‘कलाकार कल्याणकारी कोष’ का लागि टिकटमा उक्त कार्यक्रम राखिएको थियो । “एक वर्षको तयारी गरेर कार्यक्रम गर्यौँ” मल्लले भने, “सम्भवत जापानमै पहिलोपटक त्यस किसिमको कार्यक्रम भयो ।”

प्रत्यक्ष सङ्गीतमा भएको कार्यक्रममा मल्ललाई जापानी बाद्यवादकले समेत सघाएका थिए । “कार्यक्रमले राम्रो सन्देश दियो, विदेशी भूमिमा पनि ठूलो व्यवस्थापन सहित कार्यक्रम गर्न सफल भयौँ”, मल्लले भने ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका सूर्य खड्का १० वर्षदेखि जापानमा छन् । यसबीचमा उनले ८० भन्दा बढी लोक तथा दोहोरी गीत गाएका छन ।

उनका ‘चार बजेको आलाराम’, ‘घडी’, ‘रित्तो काख’ लगायतका गीत चर्चामा छन् । उनले अधिकांश गीतको रकर्डिङ समेत जापानमै गर्दै आएका छन । “नेपालबाट सङ्गीतको एरेन्ज मगाउँछु, स्वर यहीँको स्टुडियोमा रेर्कड गर्छु”, उनले भने ।

खड्का जापानमा हुने नेपाली साङ्गीतिक कार्यक्रममा व्यस्त हुने गायक मध्येमा पर्छन । उनले कतिपय गीत विदामा नेपाल आउँदा यतै सार्वजनिक गरेका छन । “अहिले त युट्युबको जमाना छ”, उनले भने “मेरा पछिल्ला गीत युट्युबबाटै सार्वजनिक भइरहेका छन् ।”

देशमा रहँदा सङ्गीतको प्यास र प्रेम बोकेर हिँड्ने प्रवासी नेपालीहरु कुनै न कुनै रुपमा सङ्गीतकर्मसँग निकट छन् । सानैदेखिको रुचीलाई सर्जक तेजेन्द्र भण्डारीले जापानमै पुगेर साकार रूप दिन सफल भएका छन ।

बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीका भण्डारीले हालै आधुनिक गीत ‘प्रहर’ युट्युबमा सार्वजनिक गरेका छन । “जापानमै बसेर गीत लेखेँ पछि, बिदामा नेपाल जाँदा गीत रेकर्ड भयो”, उनले भने ।

भण्डारीको गीतमा सङ्गीतकार श्रीकृष्णबम मल्लको सङ्गीत र गायक राज सिग्देलको स्वर छ । लाख बढी रकम खर्चेर उहाँले गीतको ९भिडियो० चल दृश्यसमेत बनाएका छन् ।

अग्रजको प्रेरणा र सङ्गीतप्रतिको लगावले आफूलाई सिर्जनाकर्ममा डोर्याएको भण्डारीको भनाइ छ । “व्यावसायिक रूपमा लाग्न नसकेपनि सङ्गीतमा काम गर्ने हुटहुटी छ”, भण्डारीले भने ।     रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.