www.tandavnews.com
Fact ~ In search of truth

पीपीएलमा पोखरा पल्टनको विजयी सुरुवात

पोखरा
ताण्डव न्यूज ।

पोखरामा आजदेखि सुरु भएको टी ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगको पहिलो खेल पोखरा पल्टनले ५८ रनले जितेको छ । सबै ओभर खेलिसक्दा बिराटनगरले ८ विकेट गुमाएर १३९ रन मात्रै जोड्न सक्यो ।

पोखरा पल्टनका ललित राजवंशीले ३ विकेट लिए भने कृष्ण कार्की, महबुब आलम, सरद भेस्वाकर, बिक्रम भुसाल र रसिद खानले एक एक विकेट लिए ।

Batas

बिराटनगर टाइटन्स खेलको सुरुवातमै कमजोर देखियो । ओपनिङ ब्याट्स मेन प्रदिन ऐरी ६ बलमा १० र सुनिल धमला ८ बलमा ११ रन बनाएर पेभिलियन फर्किए । जितेन्द्र ठकुरीले पनि ११ बलमा १० रन मात्रै जोडे ।

राजु रिजालले २७ बलमा ३०, एन्ड्रीउ सुबिक्सनले १२ बलमा १४, राजेश पुलामीले ११ बलमा ७, पुष्प थापाले २६ बलमा ३० र जितेन्द्र मुखियाले ४ बलमा ६ रन बनाए । सन्दिप लामिछानेले १५ बलमा १४ रन जोड्दै नट आउट रहे भने दीपेश श्रेष्ठले बल फेस गर्न नपाई नट आउट रहे ।

यसअघि टस हारेर ब्याटीङ पाएको पोखरा पल्टनले सबै ओभर खेलेर ३ विकेट गुमाउँदै १९७ रन जोडेको थियो । बिराटनगरका मार्कि प्लेयर सन्दिप लामिछानेले २ र साहब आलमले १ विकेट लिए ।

पोखरा पल्टनका लागि कुशल भुर्तेलले २६ बलमा ३८ रन बनाए भने आशिफ शेखले ५४ बलमा ५२ रन बनाए ।

रवि इन्दर सिंले २७ बल खेल्दै ४ छक्का र २ चौकाको मद्धतमा ४४ रन बनाए । बिनोद भण्डारीले ११ बलमा ५ छक्का र २ चौका हान्दै ४१ रन जोडे भने सरद भेस्वाकरले ४ बलमा ७ रन जोड्दै नट आउन खेले ।

प्लेयर अफ द म्याच पल्टनकै विनोद भण्डारी भए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.