www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा २८ जनालाई डेंगु, यस्तो लक्षण र बच्ने उपाय

पोखरा /ताण्डव न्युज

गण्डकी प्रदेशको राजधानी पोखरामा २८ जनालाई डेंगुको संक्रमण भएको पाइएको छ ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाले महानगर भित्रका २८ जनालाई डेंगुको संक्रमण रहेको पुष्टि गरेको हो ।‘असोज पहिलो हप्तादेखि यतिको धेरै संख्यामा विरामी भेटिनु भनेको राम्रो हुँदै होइन्,’ पोखरा महानगरका स्वास्थ्य महाशाखाका हेमन्त शर्मा पौडेलले भने ‘चाडवाडको समय भयो ।

Batas

तराई तिरबाट, विशेष गरी भारतबाट मानिसहरु आउजाउ गरेको कारणले यो बढेको हो । अस्पतालमा आउनेहरुको ¥यापिड टेस्ट गर्दा उनीहरुलाई डेंगुको संक्रमण भएको भेटिएको हो ।’

डेंगुले संक्रमण गरेका २८ मध्ये २५ जना पोखरा महानगर ८ का मात्रै छन् । उनीहरु सबैको पोखरा र काठमाडौँका विभिन्न अस्पतालहरु गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, फेवासिटी, पार्कल्याण्ड हस्पिटल र केहीको काठमाडौँ स्थित पाटन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँमा टेस्ट गरिएको तीन जनालाई भने डेंगुका कडा खालको संक्रमण भेटिएको पुष्टि भएको छ ।

यस्तो छ लक्षण

ज्वोरो आउने, शरिरका विभिन्न हाडका जोर्नीहरु दुख्ने, रिंगाटा लाग्ने, टाउको दुख्ने, आँखा दायाँबायाँ चलाउँदा दुख्ने, शरिरमा रगत जमेको जस्तो देखिने डेंगुको लक्षणहरु हुन् । डेंगुले संक्रमण गरेको मानिसको नाक, गिजा तथा अन्य अंगबाट एक्कासी रगतहरु बग्ने चिकित्सकहरुले बताएका छन् ।

कसरी बच्ने ?

पानी जमेको ठाउँ छ भने त्यसलाई तत्कालै पुर्ने,

डेंगुको संक्रमण भएको संका लागेमात्रै पनि जचाईहाल्ने,

टायर, प्लास्टिकका पुराना सामाग्रीहरु सहित जमेको पानीबाट टाढै रहने,

बाहिर निस्कँदा लामोखालको कपडाहरु लगाएर हिँड्ने,

घरवरिपरि भएको झाडीहरु तत्कालै फाँड्ने ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.