www.tandavnews.com
Fact ~ In search of truth

राज के गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’ अब बजारमा

अष्ट्रेलिया
ताण्डव न्यूज । 

विगत १० वर्षदेखि अष्ट्रेलियामा रहेका राज के गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’ सार्वजनिक गरिएको छ । गत शुक्रबार अष्ट्रेलियाको सिड्नीमा  एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएकाे हाे ।

Batas

सार्वजनिक भइरहँदा गायक गोस्वामी उत्साहीत देखिन्थे । एल्बमको पहिलो गितप्रति दर्शक श्रोताले देखाएको मायाले उत्साह मिलेको उनको भनाई थियो । ‘धेरैले राम्रो प्रतिकृया पाएँ। याे प्रतिकृयाले मलाई निकै उत्साहित बनाएको छ ’उनले भने । कार्यक्रममा गायक गोस्वामीले लाइभ प्रस्तुति पनि दिए ।

कार्यक्रममा अष्ट्रेलियामा बस्दै आएका विशिष्ट नेपाली व्यक्तिहरुको उपस्थिति रहेको थियो।

गोस्वामीको एल्बम ‘कोसिस २’मा १० वटा गीत समावेश छन्। यस एल्बममा समावेश ‘साइली र माइली’ सार्वजनिक भइसकेको छ। एल्बमलाई ‘नेपाली टच अष्ट्रेलिया’ले प्रस्तुत गरेको हो ।

तस्बिर : अरुण चौधरी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.