www.tandavnews.com
Fact ~ In search of truth

बाग्लुङ्गको ताराखोलामा स्वास्थ्य शिविर हुने

पोखरा ।

लायन्स क्लब अफ पोखरा चौतारीले बाग्लुङ्गको दुर्गम गाउँ ताराखोलामा स्वास्थ्य शिविर गर्ने भएको छ ।

स्थानिय सामाजिक संस्थाको समायोजनमा आगामी मंसिरमा शिविर सञ्चालन गर्ने क्लवका अध्यक्ष महेश्वर पराजुलीले जानकारी दिए । सो शिविरमा पोखरा देखि काठमाण्डौँ सम्मका विभिन्न विद्याका डाक्टरहरुलाई लैजाने शिविर संयोजक एवं क्लवका पूर्वाध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए ।

Batas

क्लवले यसअघि पनि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

यसैविच सोहि कार्यक्रममा सो क्लवका पदाधिकारी एवं सदस्यहरुले विभिन्न सामाजिक संस्थामा नेतृत्व लिएकोमा क्लवले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सोहि क्लवका अध्यक्ष महेश्वर पराजुली रहेका छन ।

त्यसैगरि पुर्ब अध्यक्ष हरिहर सापकोटा, क्लवका पूर्वाध्यक्ष मोहनबाबु खड्का ,बरिष्ठ उपाध्यक्षमा, तथा पुर्ब अध्यक्ष तथा सिनियर एड्भाइजर प्रजापती बास्तोला लाई सम्मान गरिएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.