www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाको भीरकोटमा नेपालमै पहिलो प्याराग्लाईडिङको विश्वकप

पोखरा / ताण्डव न्युज ।

नेपालमा शाहसिक खेल पर्यटनहरु मध्ये प्याराग्लाइडिङको पनि चर्चा चुलिएको छ ।

१८ औँ एसियाडमा कसैले नसोचेको त्यो पनि नेपाललाइ एक मात्र रजत यहि प्याराग्लाईडिङबाट हात लाग्यो यसपछि विश्वको ध्यान खिचिएको हो । अहिले स्याङ्जाको भिरकोटमा नेपालमै पहिलो पटक प्याराग्लाईडिङको विश्वकप नै हुँदैछ ।

Batas

आगामी बिहीबारबाट प्रथम नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप आयोजना हुने आयोजक संस्थाका सदस्य अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।पाराग्लाइडिङ विश्वकप कात्तिक १५ देखि १९ सम्म स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक महापुर मैदान र वालिङ नगरपालिका–११ डौवाफाँटमा हुन लागेकोे श्रेष्ठले जानकारी दिए ।

‘खेल धेरै विधाहरुमा हुन्छ,’ उनले भने, ‘पुरुष र महिला एकल र सामूहिक गरी पाराग्लाइडिङमा प्रतिस्पर्धा हुनेछ । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।’

३० देशको प्रतिस्पर्धा

पोखरा महानगरसँग उँडान करको विषयमा कुरा नमिलेपछि पोखराबाट स्याङ्जा पुगेको आयोजक टोलीले विश्वकपको तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतिस्पर्धामा नेपाल सहित ३० देशका खेलाडीहरुले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, इरान लगायत देशको प्रतिस्पर्धा रहनेछ ।

प्रतियोगितामा १ सय ५० खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । प्रतियोगितामा एकलतर्फ प्रथम हुनेले एक हजार युरो, द्वितीयले ७ सय ५० युरो र तृतीयले ५ सय युरोसहित स्वर्ण पदक, मेडलसहित प्रमाणपत्र पाउने छन्।

यस्तैगरी समूहगत प्रथम हुनेले १५ सय युरो, द्वितीयले १२ सय र तृतीयले ७ सय युरोसहित मेडल, प्रमाणपत्र र स्वर्ण पदक पाउनेछन् । उक्त विश्वकपका लागि स्याङ्जाका विभिन्न स्थानीय तहहरुसँगै बाबा एड्भेन्चर क्लबले ब्यवस्थापन गरिरहेको छ ।

एउटै घेरामा छ पटक खस्नुपर्ने

आकाशमा उँडेको प्याराग्लाइडिङ ल्याण्ड गर्न खुल्ला ठाउँमा एउटा घेरा बनाईएको छ । हरेक खेलाडी आकाशमा छ पटक उँड्नुपर्नेछ । उनीहरुले छ पटक नै उक्त घेराभीत्र प्याराग्लाईडिङ ल्याण्ड गर्नुपर्नेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.