www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा महानगरका सडकमा करिब दुई करोडको विजुली बल्याे

पोखरा ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४/७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम एक करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी देखिएको छ ।

सडक बत्तीको महसुल पोखरा महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भए पनि हालसम्म प्राप्त भइनसकेको पोखरा वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले जानकारी दिए।

Batas

उनका अनुसार केन्द्रबाट उक्त आर्थिक वर्षमा सडक बत्तीबाहेक ९९.२४ प्रतिशत महसुल उठाइसकिएको छ । केन्द्रले सो अवधिमा विद्युत् बिक्रीबाट रु एक अर्ब ५० करोड ६४ लाख सात हजार ८९६ सङ्कलन गरेको केन्द्रका लेखा अधिकृत जयराम आचार्यले जानकारी दिए।

आर्थिक वर्ष २०७५÷७६ शुरु भएयता केन्द्रमा विद्युत् महसुलवापत असोजसम्म रु ४३ करोड ३६ लाख पाँच हजार ९३५ सङ्कलन भएको बताउँदै उनले यो रकम कूल उठ्न बाँकीमध्ये ९७.७१ प्रतिशत भएको जानकारी दिए ।

केन्द्रले आफ्नो सेवा क्षेत्रभित्र विद्युत् वितरणलाई प्रभावकारी बनाउन निरन्तर क्रियाशील बनेको बताउँदै केन्द्र प्रमुख शाहले यस बीचमा कम क्षमता भएका तार फेर्ने, फिडर थप गर्नेजस्ता कामलाई अघि बढाइएको जानकारी दिए । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.