www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा रगत अभाव

चितवन ।

चाडपर्व शुरु भएसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार दशैँको फूलपातीयता एक पटक मात्र रक्तदान कार्यक्रम भएको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलले दशैँअघि सङ्कलन भएको रगत र दाताहरूले केन्द्रमा आएर दिएको रगतले अत्यावश्यक घाइते एवं बिरामीलाई धानिरहेको बताए । रगत सहज रूपमा नपाएपछि बिरामी र घाइतेका आफन्त स्वयंले रगत सङ्कलन गरिरहेका छन् ।

Batas

चाडपर्व, स्कूल कलेज बन्द, मौसमी रुघाखोकीलगायतका कारण रक्तदान नहुँदा रगतको अभाव भएको हो । पुनः तिहार, छठ र धान काट्ने समय हुने भएकाले रगतको अभाव कायमै रहने बुझिएको छ ।

जिल्लामा दैनिक करीब १५० युनिट रगतको माग भए पनि सो माग पूर्ति गर्न नसकेको उनको भनाइ छ । जिल्लामा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बढी रगतको आवश्यक पर्ने हुन्छ भने यहाँका ठूला दुई मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र निजी अस्पतालमा पनि पछिल्लो समय हुने गरेका शल्यक्रियाका कारण रगतको माग बढ्दो छ ।

राजमार्ग र भित्री सडकमा हुने दुर्घटनाका कारण पनि रगतको माग बढी हुने गर्दछ । केन्द्रले चितवनसहित यस क्षेत्रका १४ जिल्लामा पुगेर रगत सङ्कलन गर्दै आएको छ । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.