www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशको अख्तियारमा १६९ उजुरी, कास्कीको मात्रै ८८ वटा

पाेखरा
ताण्डव न्यूज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा गत वर्षको भन्दा धेरै उजुरी परेको छ । आर्थिक वर्ष २०७५–०७६ को तीन महिनाको अबधिमा १६९ वटा उजुरी परिसकेको कार्यालयका प्रवत्ता रमेश ढकालले जानकारी दिए । सोही अबधिमा गत वर्ष जम्मा १४४ वटा मात्र उजुरी परेको थियो ।

‘अहिले हामीले आर्थिक वर्षको सुरुवाती तीन महिनाको तथ्याङ्क निकालेका छौँ । यसमा उजुरी बढेको देखिन्छ,’ उनले भने, ‘गण्डकी प्रदेशका जिल्लाहरुमा सबै भन्दा धेरै कास्की जिल्लाको उजुरी परेको छ ।’ सबै उजुरीहरुको प्रारम्भीक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
कुन जिल्लाको कति उजुरी

Batas

कास्की ८८, तनहुँ १८, स्याङ्जा ९, लम्जुङ ६, गोरखा ७, मुस्ताङ ४, म्याग्दी ५, पर्वत २२, वाग्लुङको ९, नवलपरासीको १ वटा उजुरी परेको छ । मनाङबाट भने एउटा पनि उजुरी परेको छैन । अख्तियार पोखराका अनुसार अहिले सम्मका मुद्धाको १५ प्रतिशत उजुरी फछ्र्याैट हुन बाँकी छ ।

यि हुन उजुरी परेका क्षेत्र

गृह प्रशासन, उर्जा तथा जलस्रोत, अर्थ, भौतिक पुर्वाधान तथा विकास, यातायात, शहरी विकास, खानेपानी, वन वातावरण, कृषि तथा पशुपंक्षी, महिला तथा वालवालिका र जेष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्ययन, स्वास्थ्य तथा जनसंख्या, उद्योग वाणिज्य तथा आपुर्ती, शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, काुनन न्याय तथा संसदिय मामिला, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सामाजिक विकास र गैरसरकारी संस्थाको विषयमा उजुरी परेको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.