www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बढ्दै डेंगुका संक्रमित, ६९ पुगे

पोखरा  / ताण्डव न्यूज ।

पोखरामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका संक्रमितहरु बढेका छन् । असोजको पहिलो साता २ जनाबाट फैलिएको डेंगु अहिले ६९ जनामा पुगेको छ ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाले पनि ६९ जनामा डेंगु भेटिएको र डेंगु संक्रमित मध्ये २२ जनाको पोखरामै उपचार गराइरहेको महहानगरका स्वास्थ्य महाशाखाका हेमन्त शर्मा पौडेलले जानकारी दिए । बाँकी विरामीको भने राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Batas

‘असोज पहिलो हप्तादेखि देखिएका विरामीहरु घट्दो छैनन्,’ पौडेलले भने ‘चाडवाडको समय भयो । तराईबाट, विशेष गरी भारतबाट मानिसहरु आउजाउ गरेको कारणले यो बढेको हो । अस्पतालमा आउनेहरुको ¥यापिड टेस्ट गर्दा उनीहरुलाई डेंगुको संक्रमण भएको भेटिएको हो । संख्या बढेको छ अब सबै जना थप सचेत हुनुपर्छ ।’

काठमाडौँमा टेस्ट गरिएको तीनजनालाई भने डेंगुका कडाखालको संक्रमण भेटिएको पुष्टि भएको छ । ज्वोरो आउने, शरिरका विभिन्न हाडका जोर्नीहरु दुख्ने, रिंगाटा लाग्ने, टाउको दुख्ने, आँखा दायाँबायाँ चलाउँदा दुख्ने, शरिरमा रगत जमेको जस्तो देखिने डेंगुको लक्षणहरु हुन् ।

डेंगुले संक्रमण गरेको मानिसको नाक, गिजा तथा अन्य अंगबाट एक्कासी रगतहरु बग्ने चिकित्सकहरुले बताएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.