www.tandavnews.com
Fact ~ In search of truth

स्क्रब टाइफसबाट दुईको ज्यान गयो

परशुराम ।

नेपालका विभिन्न ठाउँमा विकराल बन्दै गएको स्क्रब टाइफस रोगको सङ्क्रमण डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि देखा पर्न थालेको छ ।

हालसम्म यो रोगबाट दुई जनाको मृत्यु भएको जिल्लाको उपक्षेत्रीय अस्पतालले जनाएको छ । मृत्यु हुनेमा डडेल्धुरा अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलङ्गाकी ९ वर्षीया बालिका गङ्गा पन्त रहेकी छिन् ।

भट्टको धनगढी र पन्तको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेनडेण्ट डा जितेन्द्र कँडेलले जानकारी दिए ।

पहिलो पटक डडेल्धुराको अजयमेरुमा देखा परेको स्क्रब टाइफस पछिल्ला दिनहरुमा अन्य जिल्लामा पनि देखा पर्न थालेको हो । प्रदेशका पहाडी जिल्लामा ४१ दिनको अवधिमा १ सय ३० जनाको जाँच गर्दा ५० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको उपक्षेत्रीय अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

यसको सङ्क्रमण बढ्दै जानथालेपछि बिरामी उपक्षेत्रीय अस्पताल पुगेर जाँच गराइरहेका छन् । पछिल्लो समय पहाडी जिल्लामा रोगको सङ्क्रमण बढ्दै गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए ।       रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.