www.tandavnews.com
Fact ~ In search of truth

पिपिएल ः चितवन राइनोजको पहिलो सफलता

पोखरा
ताण्डव न्यूज ।
पोखरामा जारी पोखरा प्रिमियर लिगको छैटौँ दिनको पहिलो खेलमा पारस खड्काको चितवन राइनोजले पहिलो जित दर्ता गरेको छ । पहिलो जित निकाल्ने क्रममा राइनोजले दिपेन्द्र सिंह ऐरीको धनगडी ब्लुज विरुद्ध १२६ रनले जित हात पा¥यो ।

चितवनले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको धनगढी १६.२ ओभरमा सबै विकेट गुमाएर ६७ रनमै समेटियो । धनगढीका लागि पिटर ट्रेग्रोले २७ र योगेन्द्रसिंह कार्कीले १७ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन जोडेको थियो । चितवनका ओपनरले शसक्त प्रदर्शन गरे ।

Batas

चितवनका लागि ओपनर हरिशंकर साहले ५३ रन जोडे । ३३ बलमा उनले ६ चौका र ३ छक्का जोडे । यस्तै अनिलकुमार साहले ३७, सन्नी पटेलले २६, स्मिथ पटेलले २४ तथा कप्तान पारस खड्काले १९ रन जोडे । धनगढीका दीपेन्द्रसिंह ऐरी, डेविड लरेन्स, योगेन्द्रसिंह कार्की र मन्जित श्रेष्ठले समान १–१ विकेट लिए ।  जित्नै पर्ने दबाबमा रहेको चिवतनले आफुलाई बलियो रहेको देखायो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.