www.tandavnews.com
Fact ~ In search of truth

‘छालमा रमाउँदा संसार नै जितेको अनुभव हुन्छ’

बिनिता सुनार
पाेखरा, ताण्डव न्यूज । 

बाल्यकालदेखि नै त्रिशुली नदीमा खाइखेली हुर्किएका हरि आले (२६), अहिले ¥याफ्टिङ गाइडको रुपमा परिचित छन् । हरियाली वन जङ्गल छाल भएको नदी, वरपर झरनाहरुसँगै चराचुरुङ्गीको मिठो धुनमा ¥याफ्टिङ गर्नुको मज्जा नै छुट्टै हुने हरिको अनुभव छ ।

विगत ७ वर्षदेखिको अनुभवमा काम गर्दा जहिले पनि एउटै जोस जागर आउने गरेको उनी सुनाउँछन् । ‘¥याफ्टिङ गर्दा कहिले गाह्रो फिल हुँदैन,’ उनले भने, ‘मनबाट गरेको काम भएर होला, सधै खुसी मिल्छ । डुङ्गामा बसेर छालमा रमाउँदा संसार नै जितेको अनुभव हुन्छ ।’

Batas

एडभेन्चर खेलहरुमध्ये ¥याफ्टिङ पनि एक हो । त्यसैले ¥याफ्टिङमा रमाउन मात्रै भएपनि विदेशीहरु नेपालमा आउने गर्छन् । ¥याफ्टिङ उनीहरुको पहिलो रोजाइमा नै पर्ने गरेको पाइन्छ ।

तर विगत केही समयदेखि एडभेन्चर खेलहरुमा विदेशी पर्यटकहरु मात्र नभई स्वदेशी पर्यटकहरुको रुचि पनि उत्तिकै बढेको देखिन्छ । जलयात्रामा रमाउँदै त्यसमा डर फिल गर्नु नै एडभेन्चरको मुख्य उद्देश्य रहेको हरि सुनाउँछन् । ‘यसमा रमाइलोसँगै डर पनि हुन्छ,’ उनले भने, ‘¥याफ्टिङ डर र रमाइलोको लागि खेलिने खेल हो ।’

नेपाल ¥याफ्टिङको लागि उपयुक्त स्थल भएको कारणले वर्षेनी बाह्य पर्यटकहरुको आवाज–जावत हुने गर्छ । ¥याफ्टिङको लागि मार्चदेखि मेसम्म सेप्टेम्बरदेखि डिसेम्बरसम्मको महिना अति नै उपयुक्त सिजन हो । त्यस सिजनमा ¥याफ्टिङमा रमाउन आउने पर्यटकहरुको चाप पनि बढ्दो देखिन्छ ।

¥याफ्टिङ कमिर्सियल खेल मात्र नभई देशमा टुरिजम भित्राउन सक्ने सम्भावना बोकेको खेल रहेको हरि बताउँछन् । ‘¥याफ्टिङकै लागि वर्षेनी पर्यटकहरु नेपाल आउने गर्छन्,’ उनले भने, ‘इकुप्मेन्ट र यहाँको सिस्टममा केही सुधार गर्न सकिएमा पर्यटकहरुको चाप अझै बढेको देख्न पाइन्छ ।’ खेलमा सन्तुष्टि भएपनि उनीहरु असहज महशुस गर्ने गरेको हरि सुनाउँछन् । ‘खेलमा मात्र नभई वातावरणमा पनि उनीहरु सन्तुष्टि खोज्ने गर्छन्,’ उनले भने, ‘हामीले सानो–सानो कुरामा पनि सुधार ल्याउन सक्यौँ भने उनीहरुलाई हामी प्रतिको गुनासो सायद कम हुन्थ्यो होला ।’

¥याफ्टिङकै लागि भनि पोखरा आएका हरि विभिन्न क्लबहरुमा समेत आबद्ध रहेका छन् । विभिन्न इभेन्टहरुको आयोजना गरि नयाँ युवा–पुस्ताहरुलाई ¥याफ्टिङका बारेमा सिकाउने समेत गर्छन् उनी । ‘¥याफ्टिङमा भविष्य धेरै राम्रो छ,’ उनले भने, ‘त्यसैले मेरो अनुभव नयाँ युवाहरुमा पनि बाँड्न कोसिस गदँैछु, त्यसले नयाँ पुस्तामा ऊर्जा मिल्ने छ ।’ पोखरा ¥याफ्टिङको लागि उपयुक्त गन्तव्य रहेको हरि बताउँछन् । ‘¥याफ्टिङको लागि उपयुक्त गन्तव्य पोखरा भएकाले सबैको रोजाइमा जस्तै मेरो रोजाइ पनि पोखरा परेको हो,’ उनले भने, ‘त्यसैले पोखरा छोडेर कही जाने सोच नै बनाएको छैन ।’

¥याफ्टिङ एडभेन्चर कमिसिर्यल आउटडोर भनेर परिचित भएपनि हालको समयअनुसार यसलाई व्यापारका लागि खेलाउँदै आएको हरिको भनाई छ । यसलाई व्यवस्थित गर्न सरकारको सानो हात हामीमा मिल्ने हो भने पनि धेरै परिवर्तन गर्न सकिने हरि बताउँछन् । ¥याफ्टिङ मनोरञ्जनको लागि मात्र नभई अनुभवको हिसाबमा पनि एक पटक अवश्य खेल्न उनी आग्रह गर्छन् । ‘¥याफ्टिङकै लागि मात्र विदेशीहरु आइरहेको देख्दा हामीले आफ्नै देशमा किन नगर्ने ?,’ उनी भन्छन् ।

उनका अनुसार ¥याफ्टिङ गर्दा मनोरञ्जन गर्नसँगै सचेत हुनु पनि जरुरी रहेको हुन्छ । गाइडले भनेका कुराहरुको राम्रो पालना गर्नु जरुरी हुन्छ । नदी, खोलामा गरिने भएर यसका लागि एकअर्काेको सपोर्ट उत्तिकै महत्वपूर्ण रहन्छ ।

‘एक पटकमा ¥याफ्टिङ गर्दा ८ जना सम्म यात्रु राख्ने सकिन्छ । त्यो पनि बोटअनुसार भर पर्छ सानो ठूलो साइज हेरेर मिलाएर यात्रु राख्ने गरिन्छ । सेफ्टिका लागि लाइफ ज्याकेट, टाउकोमा हेलमेट अनिवार्य लगाउनु पर्छ, ’ उनले सुझाए, ‘गाइडले भनेको इन्सट्रक्सन अनिवार्य फलो गर्नुपर्छ ।’ नेपालमा हालसम्म १६ वटा नदी र खोलाहरुलाई ¥याफ्टिङका लागि उपयुक्त स्थल मानिएको उनले जताए । ‘नेपालमा ¥याफ्टिङका बारेमा नै धेरै रिर्सच गर्न मन छ,’ उनले भने, ‘¥याफ्टिङका लागि यस्ता धेरै खोलाहरु छन् त्यसको खोजी अवश्य गर्नुछ ।’

जर्मनीबाट आएका कोन्सटेन्टिन नामक विदेशीले भनेका छन् ‘नेपालमा एडभेन्चर खेलका लागि धेरै अप्सनहरु रहेको ठाउँ हो ।’ यहाँका मौसम हावापानी धेरै राम्रो छ, तर यसलाई सम्बन्धित निकायहरुबाट सपोर्ट मिलेर व्यवस्थित गर्न सकियो भने नेपाल धेरै माथि जान सक्ने उनको भनाई रहेको थियो ।

यस खेलमा सरकारले पनि केही सिस्टम, इकुप्मेन्टमा ध्यान दिन सके आफू जस्तै अन्य विदेशी साथीहरुलाई सहज हुन सक्ने उनले विश्वास छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.