www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा दुई दिने मनोविज्ञान गोष्ठी हुने

पोखरा / ताण्डव न्यूज ।

नेशनल प्रोग्राम सेन्टरको आयोजनामा यहि कार्तिक १६ र १७ गते प्रध्यापकहरुलाई लक्षित गरि ‘साइकोलोजि इन स्कुल’ कार्यक्रम हुने भएको छ ।

भुकम्पपछि सुरुवातमा आएको त्यस नेशनल प्रोग्राम सेन्टरले हालसम्म आउँदा ५२ वटा कलेज तथा विद्यालयमा विभिन्न गोष्टीहरु गर्दै आएको छ ।

Batas

स्कुलमा बालबालिकाहरुमा क्षमता बृद्धि गर्नका साथै बालबालिकाहरुका विभिन्न समस्याहरुको समाधानमा अन्तरक्रिया विषयमा कार्यक्रमहरु गर्दै आएको यस सेन्टरले यस बर्षपनि गोष्टी गर्ने भएको हो ।

स्कुलका प्रध्यापकहरु संगबाट सुरुवात गर्दा समस्याको समाधान सजिलो हुने भएकाले प्रध्यापकहरुसंग अन्तरक्रिया गोष्टीको आयोजना गर्न लागेको नेशनल प्रोग्राम सेन्टरका अध्यक्ष डा. सुशिल कडेलले बताए ।

‘हामि शिक्षा संगै परिवर्तन चाहन्छौ’ उनले भने, ‘स्कुलको परिवर्तन हुँदा समाजसंगै देशको पनि परिवर्तन हुने हुनाले प्रध्यापहरुबाट कार्यक्रमको सुरुवात गर्न लागेको हो ।’

दुई दिन हुने कार्यक्रमका प्रमुख प्रशिक्षकहरुमा प्रा.डा शुशिल कडेलले विद्यालयमा मनोविज्ञान विषयमा परिक्षण दिनेछन, यस्तै विद्यालयमा कम्युटर विषयमा राम प्रसाद पौडेल, जिवन र गम्भिरता विषयमा प्रा. टिकाराम पोखरेल साथै आयुर्वेद र जिवन विषयमा राम प्रसाद भुषालले विविध विषयहरुमा अन्तरक्रिया गरिनेछ ।

कार्यक्रममा विभिन्न प्राइभेट तथा सरकारी स्कुलका शिक्षकहरु गरी २ सय जनाको सहभागि हुने आयोजकले जानकारी दिए । गोष्ठी सिर्जनाचोक स्थित साईमन पार्टी प्यालेसमा हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.