पर्वत / ताण्डव न्यूज ।
म्याग्दीको धौलागिरी गाउँपालिका–४ स्थित इटली आधार शिविरबाट धौलागिरी आधार शिविर जाँदै गर्दा बेपत्ता भएका भरियाको शव भेटिएको छ ।
धादिङको गंगाजमुना गाउँपालिका १ का ३९ वर्षका कर्मा तामाङको शव उनी हराएको झण्डै डेढ महिनापछि भेटीएको छ । उनी भदौ २५ गते त्यस तर्फ लागेका थिए । उनी आधार शिविर तर्फ जाँदै गर्द चिप्लीएर नदिमा खसेका थिए ।
। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढाका अनुसार तामाङको शव उनी खसेको ठाउँबाट झण्डै २ किलोमिटर तल खोलाको बीचमा अड्कीएको अवस्थामा फेला परेको हो ।
उद्धार टोलीले बुधबार हेलीकप्टर मार्फत तामाङको शवलाई खोलाबाट निकालेपछि बेनी अस्पतालमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाईएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.