www.tandavnews.com
Fact ~ In search of truth

प्याराग्लाईडिङ विश्वकप आज देखि ,१ सय ५० खेलाडीले क्षमता प्रर्दशन गर्ने

 

पोखरा / ताण्डव न्युज ।

नेपालमै पहिलो प्याराग्लाईडिङ विश्वकप आजदेखि स्याङजाको भिरकोटमा शुरु हुदैँछ ।

आज देखि शुरु हुने विश्वकप आगामी कार्तिक १९ सम्म स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक महापुर मैदान र वालिङ नगरपालिका–११ डौवाफाँटमा हुनेछ ।

पुरुष र महिला एकल र सामूहिक गरी पाराग्लाइडिङमा प्रतिस्पर्धा हुनेछ । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

३० देशको प्रतिस्पर्धा

Lama collectio News Middle

प्रतिस्पर्धामा नेपाल सहित ३० देशका खेलाडीहरुले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, इरान लगायत देशको प्रतिस्पर्धा रहनेछ ।

प्रतियोगितामा १ सय ५० खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । प्रतियोगितामा एकलतर्फ प्रथम हुनेले एक हजार युरो, द्वितीयले ७ सय ५० युरो र तृतीयले ५ सय युरोसहित स्वर्ण पदक, मेडलसहित प्रमाणपत्र पाउने छन्।

यस्तैगरी समूहगत प्रथम हुनेले १५ सय युरो, द्वितीयले १२ सय र तृतीयले ७ सय युरोसहित मेडल, प्रमाणपत्र र स्वर्ण पदक पाउनेछन् । उक्त विश्वकपका लागि स्याङ्जाका विभिन्न स्थानीय तहहरुसँगै बाबा एड्भेन्चर क्लबले ब्यवस्थापन गरिरहेको छ ।

एउटै घेरामा छ पटक खस्नुपर्ने

आकाशमा उँडेको प्याराग्लाइडिङ ल्याण्ड गर्न खुल्ला ठाउँमा एउटा घेरा बनाईएको छ । हरेक खेलाडी आकाशमा छ पटक उँड्नुपर्नेछ । उनीहरुले छ पटक नै उक्त घेराभीत्र प्याराग्लाईडिङ ल्याण्ड गर्नुपर्नेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery