www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका गाउँगाउँमा सडक कालोपत्रे शुरु

पर्वत ।

कुश्मा नगरपालिका–२ अर्मादि स्थित मध्यहाडी लोकमार्ग देखि जलजला गाउँपालिकाको वडा नं ९ बनौ जोड्ने अर्मादी–बनौ सडक कालोपत्रे शुरु भएको छ ।

कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वडालाई जोड्ने गरी एशियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा कालोपत्रे हुन लागेको हो ।

Batas

झण्डै १२ किलोमिटर लामो सडकको आगामी दुई वर्षभित्र कालोपत्रे सम्पन्न हुने भएको छ । झण्डै ३० करोड रपैँयाको लागतमा निर्माण सम्पन्न हुने सडकको टुण्डी कन्ट्रक्सन प्रालि सानेपा ललितपुरले निर्माणको जिम्मा लिएको छ ।

जलजला गाउँपालिका–९ का अध्यक्ष गौबहादुर पुर्जाले नियमित अनुगमन र निगरानी गरेर सडक समयमै र गुणस्तरीय बनाउन पहल गर्ने बताए ।पर्वतका दोविल्ला–फलेवास, मुडिकुवा–लुङ्खु सडक पनि कालोपत्रे हुने चरणमा छन् ।

दोविल्ला–फलेवास र मुडिकुवा–लमाए सडकको अधिकांश भाग कालोपत्रे भइसकेको छ भने लमाए–लुङ्खु सडक पनि कालोपत्रेको चरणमा रहेको छ ।

आगामी दुई वर्ष भित्रमा दुवै सडक कालोपत्रे सम्पन्न गर्ने गरी काम शुरु भइसकेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना पर्वतका कार्यालय प्रमुख जगदीश शर्माले जानकारी दिए ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.