www.tandavnews.com
Fact ~ In search of truth

पर्वत महाशिलाका दुई सय बाँदर नियन्त्रणमा

पर्वत ।

बाँदरले बालीनाली सखाप पारेको गुनासो बढेपछि महाशिला गाउँपालिकाले चालू आवको हालसम्म २०० भन्दा बढी बाँदर नियन्त्रणमा लिएको छ ।

दोस्रो गाउँसभाबाट बजेट नैै छुट्याएर बाँदर नियन्त्रण योजना अघि सारेको गाउँपालिकाले हालसम्म २२० बाँदर नियन्त्रणमा लिएको हो । उक्त गाउँपालिकाअन्तर्गत ६ वटै वडाबाट गरी तीन महीनाको अवधिमा सो संख्यामा बाँदर नियन्त्रणमा लिइएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । दोस्रो गाउँसभाले बाँदर नियन्त्रणको सङ्कल्प प्रस्तावसहित रु ३० लाख विनियोजन गरेको थियो ।

Batas

बाँदर नियन्त्रणका लागि भारतीय नागरिक, स्थानीयवासी र प्रहरी गरी २० जनालाई परिचालन गरिएको छ । नियन्त्रणमा लिइएका बाँदरलाई वडा नं ४ स्थित पाखापानीमा सुरक्षित खोर बनाएर राखिएको छ ।

बाँदर बर्दिया राष्ट्रिय निकञ्जमा लैजाने गाउँपालिका र निकुञ्जबीच कुरा भएको भए पनि प्रदेश सरकार, वन विभाग, वन मन्त्रालयलगायत झण्डै एक दर्जन बढी निकायको सहमति आवश्यक पर्ने भएकाले पठाउन नसकिएको प्रवक्ता उच्चैले जानकारी दिए । यसरी नियन्त्रण गरेपछि बालीनाली जोगिए पनि यिनीहरुलाई दैनिक पालनपोषण गर्न, दानापानी खुवाउन र औषधि उपचार गर्न समस्या परेको बताइएको छ ।

बाँदरलाई दैनिक आवश्यक पर्ने खानाका लागि फलफूल, मकै, धान, तरकारी, आलु स्थानीयवासीले नै दिँदै आएका छन् । दैनिक ५० किलोग्रामभन्दा बढी खाद्यान्न आवश्यक पर्ने अध्यक्ष पौडेलले बताए।

आधुनिक प्रविधिको पासो लगाएर बाँदर नियन्त्रण गर्ने काम जारी रहेको छ । भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल तथा तरकारी बाली सखाप पार्ने गरेकामा गएको साउनयता धेरै नियन्त्रण भएको महाशिला–५ की सरस्वती अधिकारीले बताए।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.