www.tandavnews.com
Fact ~ In search of truth

ट्राफिक भवनका लागि व्यवसायीको सहयोग

पोखरा ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको निर्माणाधिन भवनका लागि गण्डकी अञ्चल पार्टी प्यालेस व्यवसायी महासंघले आर्थिक सहयोग गरेको छ ।

एक कार्यक्रमका बीच महासंघले जिल्ला ट्राफिक प्रहरी कास्कीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।महासंघले निर्माणाधिन भवनका लागि ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

Batas

महासंघका लागि केन्द्रीय अध्यक्ष लिला जिसी, गण्डकी शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य केपी शर्मा, गण्डकी शाखाका अध्यक्ष दीपक गुरुङ र गण्डकी शाखाकै आर्थिक सँयोजक तथा गोल्डेन हाउस पार्टी प्यालेसका संचालक प्रकाश मल्लले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ऐनबहादुर मल्ललाई सो रकम हस्तान्तरण गरेका थिए ।

महासंघले व्यवसायीक हितसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै आफूहरुले सहयोगी हात बढाएको जनाएको छ ।

रकम बुझेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ऐनबहादुर मल्लले भवन निर्माणका लागि महासंघले देखाएको सहयोगी भावनाले समाजमा सकारात्मक सन्देश दिने बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले पनि प्रहरी र पब्लिकबीचको सम्बन्ध यस्तै सुमधुर हुनुपर्ने धारणा व्यक्त गरे ।

साथै सोहि अवसरमा पार्टी प्यालेस व्यवसायी नगेन्द्र सुवेदीलाई विशेष सम्मान समेत गरिएको थियो । उनी भर्खरै भएको उद्योग वाणिज्य संघको अधिवेशनमार्फत सदस्य पदमा निर्वाचित भएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.