www.tandavnews.com
Fact ~ In search of truth

पीपीएल ः पोखरा पल्टन फाइनलमा प्रवेश

पोखरा
ताण्डव न्यूज ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा हुलास काठमाडौँ र चितवन राइनोजले आफ्नो भेट प्लेअपमा पक्का पारेका छन् । शनिबारको काठमाडौँको हार र चितवनको जितसँगै उनीहरुको प्लेअफको भेट पक्का भएको हो ।
शनिबारको पहिलो खेलमा पोखराले काठमाडौंलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा चितवनले विराटनगरलाई पनि ४ विकेटले नै पराजित गरेको हो ।

लिग तालीकाको पुछारबाट दोस्रो स्थानमा पुगेको काठमाडौँ शनिबारको खेलमा मत्वपूर्ण ३ अङ्क जोड्दै अघि बढ्यो । शनिबारको दोस्रो खेलमा विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले ४ विकेट गुमाउँदै पूरा ग¥यो ।  खेलमा सन्नी पटेलले शानदार अर्धशतक प्रहार गरेपछि चितवनले जीत हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनायो । उसका लागि ओपनरहरु मुहम्मद जाइद आलमले ५१ र सुनिल धमलाले ४७ रन बनाएपनि जितका ।
चितवनलाई जितका लागि पार खड्का र स्मित पटेलले समान २–२ विकेट लिए । सन्नी पटेलले ४ ओभरमा १ मेडनका साथ ९ रन मात्र खर्चेर उत्कृष्ठ बल फाले ।

जवाफमा १४६ रनको लक्ष्य पछ्याएको चितवनले आफ्ना ओपनरलाई सन्दिप लामिछानेको बलमा गोल्डेन डकआउटको सामाना गर्नुप¥यो । लगातार कमजोर खेल प्रस्तुत गरेको चितवनलाई सन्नि पटेलको उत्कृष्ट ब्याटिङले जित दिलायो । उनलाई करन केसीले राम्रो साझेदारी गरे । अन्तमा चितवनले ३ बल बाकिँ छदै लक्ष्य पूरा गर्यो ।

Batas

टिमका लागि स्मित पटेलले २१, आरिफ सेखले ३५, तथा सन्नी पटेलले ५१ रनको पारी खेले । बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा एक मेडनका साथ ४ विकेट हासिल गरे । अलराउन्ड प्रदर्शन गर्दै टिमलाई जिताएका सन्नी पटेल नै म्यान अफ दि म्याच भए । अब प्रतियोगितामा फाइनल प्रवेशका लागि काठमाडौं र चितवनबीच प्ले अफ खेल हुनेछ भने लिगको शीर्ष स्थानमा रहँदै पोखरा फाइनल प्रवेश गरेको छ । काठमाडौँ र चितवनको खेल आइतबार हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.