www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा एकै दिन तीन जना मृत फेला

पोखरा
गण्डक न्यूज ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरेर एकै दिन तीन जना मृत फेला परेका छन् । लम्जुङ, बाग्लुङ र कास्कीमा गरेर तीन जना मृत फेला पारेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

लम्जुङको दोर्दी गाउँपालिका २ का राजन गुरुङ, बाग्लुङको निसीखोला गाउँपालिका ५ का मनबहादुर आचार्य र कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा एक जनाको शव फेला परेको हो । उक्त शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

लम्जुङका गुरुङको शव प्यार्दी खोला किनारमा, आचार्यको शव घर नजिकैको सेखाबगर जंगलमा र पहिचान हुन नसकेको महिलाको शव मोदी खोलामा भेटिएको हो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.