www.tandavnews.com
Fact ~ In search of truth

आज पोखरामा डेंगु विरुद्धको सचेतना जुलुश

पोखरा ।

आज पोखरामा डेंगु विरुद्धको सचेतना र्याली हुने भएको छ ।

युवा पत्रकार संजाल गण्डकीको आयोजनामा र्याली हुने भएको हो । पोखरामा क्रियाशिल विभिन्न सरोकारवाला निकायहरुसंगको समन्वयमा उक्त र्यालीको आयोजना गरिएको संजालका अध्यक्ष भिम थापाले बताए ।

Batas

एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाईबाट लाग्ने डेंगुको सक्रमण पोखराका विभिन्न स्थानहरुमा फैलिरहेका बेला नागरीहरुको सचेतना अभिवृद्धिका लागी र्यालीको आयोजना गरिएको थापाले बताए । पोखरामा हाल सम्म १ सय भन्दा धेरैलाई डेंगुको सक्रमण भेटिएकाले सचेत रहन समेत संजालले आह्वान गरेको छ ।

आईतबार आज अहिले बिहान पोखराको चिप्लेढुगाबाट सुरु हुने उक्त र्याली न्युरोड, सभागृह, पृथ्वीचोक हुदै सामुदायीक हस्पिटल सम्म पुग्ने संजालका महासचिव सुरेसराज अधिकारीले बताए । र्यालीमा युवापत्रकार, अग्रज पत्रकार संचारकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सांसद, कर्मचारी, उद्योगी व्यावसायी, समाजसेवी, नागरीक अभियान्ता लगायतको सहभागीता रहने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.