www.tandavnews.com
Fact ~ In search of truth

भिमादको प्रचार गर्न महोत्सव

पोखरा ।

गण्डकी प्रदेश अन्तर्गत तनहँको भिमादलाई प्रचार गर्न भिमाद महोत्सव हुने भएको छ । महोत्सव यहि कार्तिक २९ देखि मङ्सिर ११ गतेसम्म हुने  छ ।

धार्मिक एवं सांस्कृतिक रुपमा भिमाद क्षेत्रको ऐतिहासिकताको प्रचार र स्थानीय कृषि उत्पादनको प्रवद्र्धनको उद्देश्यका साथ महोत्सवको आयोजना हुन लागेको हो ।

Batas

महोत्सव भिमाद नगरपालिका–६ स्थित भिमाद रङ्गशालामा सञ्चालन हुने भिमाद उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चर्तुभुज सुवेदीले जानकारी दिए ।

उनका अनुसार महोत्सवका अवसरमा पौराणिक कालमा भगवान् शिवका निर्देशनमा भिमसेनले लगाएको बाँध र त्यसको किल्ला, श्रृङ्ग ऋषिको तपोभूमि ऋषिङ, १९औँ शताव्दीको प्रारम्भमा निर्माण गरिएका मन्दिर, मूर्ति तथा शिलालेख, ढोरखानीबाट निकालिएको फलामबाट निर्मित झोलुङ्गे पुल आदिको प्रचारप्रसार गरिने छ ।

महोत्सवका अवसरमा स्थानीय प्राङ्गरिक उत्पादन मास, बोडी, सिलम, गहत, पिडालु, तरुल, अदुवा, सुन्तला आदिको व्यापार गरिने उनले जानकारी दिए। महोत्सवलाई लक्षित गरी १ सय ९० वटा व्यापारिक कक्ष तयार गरिएको प्रचारप्रसार संयोजक राजु खनालले जानकारी दिए ।

भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले महोत्सव भिमाद र यस आसपासको क्षेत्रको प्रचारप्रसार एवं प्रवद्र्धनका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।     रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.