www.tandavnews.com
Fact ~ In search of truth

घुम्ती शिविरबाट पाँच सय लाभान्वित

म्याग्दी ।

म्याग्दीको एक घुम्ती शिविरमा बाट ५ सय स्थानिय लाभान्वित भएका छन् ।

म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जामा हिजो सम्पन्न एकीकृत घुम्ती शिविरबाट ५ सय सर्वसाधारणले सेवा लिएका हुन् ।

Batas

भौगोलिक विकटता र गरीबीका कारण सदरमुकाम आएर सार्वजनिक सेवा लिनबाट बञ्चित भएका गुर्जावासीलाई लक्षित गरेर धवलागिरि गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा दुई दिनसम्म शिविर सञ्चालन भएको थियो ।

शिविरमा ५०० जनाले जग्गाधनी पुर्जा, नागरिकता, नापीको कित्ताकाट र नक्सा देखाउने, स्वास्थ्य उपचार र अपाङ्गता परिचयपत्रका लागि सिफारिश सेवा लिएका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ८६ जनालाई नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । उनको अनुसार नापी कार्यालयको टोलीले १ सय ५० जनालाई जग्गाको कित्ताकाट र नक्सा पहिचान गरेर देखाउने सेवा दिएको छ ।

४० जनालाई जग्गाको नामसारी र अंशबण्डा सम्बन्धी सेवा दिइएको शिविरमा उपस्थित मालपोत अधिकृत मुकुन्द पौडेलले बताए । उनका अनुसार २५ नामसारी र ३० संशोधन सम्बन्धी सेवा दिइएको छ ।

बेनी अस्पतालका चिकित्सक बिराट शर्माको टोलीले १ सय ५० जनालाई स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सेवा दिएको थियो । महिला तथा बालबालिका कार्यालयको टोलीले नौ जनालाई अपाङ्गता परिचयपत्र वितरणका लागि सिफारिश गरेको छ ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.