www.tandavnews.com
Fact ~ In search of truth

धानमा दाना नलागेपछि कृषक चिन्तित

पर्वत ।

पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि पर्वतका कृषक चिन्तित बनेका छन् ।

पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन् ।

Batas

उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिश गरेको थियो । कृषि प्राविधिकले दोब्बर फल्ने भन्दै अनुदानमा बीउ बाँडेको धानमा बाला नलागेपछि किसान चिन्तित छन् ।

स्थानीय मार्सी र कोदे गुडुरा लगायतको धान लगाउँदै आएका पोखराचौर र आँगाखेतका करीब दुई दर्जन किसानले यस पटक ‘लोकतन्त्र’ जातको धान लगाएका थिए । यो जातका बोटमा बाला नलागेको हो ।

किसानले करीब १ सय रोपनी खेतमा ८० किलो लोकतन्त्र धानको बीउ रोपेका हुन् । अन्य जातका तुलनामा दोब्बर फल्ने र बोट हावाहुरीमा पनि नढल्ने भन्दै प्राविधिकले सिफारिश गरेका थिए ।

स्थानीय कृषक पूर्णप्रसाद भुसाल, अस्मिता भुसाल, श्याम भुसाल, अमृत रिजाल, नारायण रिजाल, रिमा रिजाल, गङ्गा भुसाल, गीता भुसाल, नारायण भुसाल, गणेश भुसाल, टीका रिजाल र दुर्गा रिजाललगायतले आफ्ना खेतमा लोकतन्त्र लगाएका थिए ।

नगर कृषि कार्यालय फलेवासका प्रमुख कृषि अधिकृत नारायण पौडेलका अनुसार लोकतन्त्र धान उपल्लो भेगमा फल्दैन । उनको अनुसार तराई, भित्री मधेश, तल्लो पहाड र मध्यपहाडका नदी किनारमा मात्रै राम्रो फल दिन्छ ।

“पोखराचौर उच्च पहाडी क्षेत्रमै पर्छ”, उनले भने, “यो धान त्यहाँका लागि उयपुक्त होइन । कसरी सिफारिश भयो बुझ्नुपर्छ ।” पीडित किसानले क्षतिपूर्ति पाउनुपर्ने उनको भनाइ छ ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.