www.tandavnews.com
Fact ~ In search of truth

महेन्द्रपुलमा ‘रचइताज फेसन बुटिक’ , निकिताले गरिन् उद्घाटन

पोखरा
ताण्डव न्यूज ।

राम्रो देखिने रहर कस्लाई हुँदैन र । रहरले मात्रै पनि भएन । फेसन कन्सीयस त हुनै पर्यो । कुन ड्रेस आफ्नो ज्यान सुहाउँदो छ ? कुन समयमा कस्तो ड्रेस लगाउने ? यसबारे पनि ज्ञान हुनु जरुरी छ ।

यिनै कुराहरुलाई मध्यनजर गर्दै पोखराको महेन्द्रपुलमा रचइता मकाजुले ‘रचइताज फेसन बुटिक’ सञ्चालनमा ल्याएकी छिन् । आइतबार मिस नेपाल २०१७ निकिता चन्दकले रिबन काटेर बुटिकको उद्घाटन गरिन् ।

Batas

शुभारम्भको अवसरमा बोल्दै सञ्चालीका माकाजुले गुणस्तरीय उत्पादन बजारमा ल्याउने बताइन् ।

‘पछिल्लो समय मानिसहरु ड्रेस कन्सीयस हुन थालेका छन् । कुन कार्यक्रममा जाँदा कस्तो लगाउने ? माहौल अनुसारको फेसनकालागि सोच्नेहरुको संख्या पनि बढ्दो छ’ उनले भनिन् ‘हामीले हरेक अकेजन, प्रोग्राम वा अन्य कुनै विशेष समयका लागि शरिर र माहौल सुहाउँदो डिजाइन गर्छौं । सबै प्रडक्टमा क्वालिटि मेन्टेन गर्छौं ।’

सारी, लेहङ्गा, कुर्था, क्याजुअल ड्रेस, पार्टी ड्रेस, ब्राइडल वेयर, पावर ड्रेसिङ लगायत अर्डर अनुसारका कपडामा बुटिक डिजाइन गरिने उनले जनाइन् । बच्चा तथा युवाहरुका कपडामा पनि डिजाइन गरिने उनको भनाइ थियो ।

करिब ५० लाखको लगानिमा बुटिक सञ्चालनमा आएको हो । बुटिकले शुभारम्भको अवसरमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.