www.tandavnews.com
Fact ~ In search of truth

पीपीएल फाइनलमा चितवन र पोखरा भिड्ने

पोखरा
ताण्डव न्यूज ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा आइतबार भएको प्लेअपमा काठमाडौँलाई हराउँदै चितवनले फाइनलको यात्रा तय गरेको छ । फाइनल प्रवेश गरेसँगै उपाधीका लागि चितवन राइनोजले पोखरा पल्टनसँगको भेट पक्का गरेको हो ।

फाईनल आगामी मंगलबार हुनेछ ।
पोखरा शुक्रबार नै समुहको शीर्ष १ मा पर्दै फाइनल प्रवेश गरिसकेको छ । आइतबार भएको इलिमिनेटर खेलमा काठमाडौंलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै पारस खड्काको चितवन उपाधि होडमा पुगेको हो । उसो त चितवन राइनोजले लक्ष्य पनि सामान्य पाएको थियो ।
काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो । चितवनका लागि स्मिथ पटेलले ३८ रन जोडे। ४३ बल खेलेका उनले ३ चौका प्रहार गरे । यस्तै हरिशंकर साहले २६ रन बनाए भने आरिफ सेखले नटआउट २० रन जोडे । त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै जोड्न सक्यो ।
टस जितेर ब्याटिङ रोजेको काठमाडौंले सुरुवात राम्रो पनि ब्याट चल्न नसकेपछि हार टरेन ।

दोस्रो ओभरमा चितवनले सन्नी पटेलले दोस्रो ओभरमा २ रनमात्रै दिएर तीन विकेट लिएपछि खेलमा चितवन हाबी भयो । उनै सन्नीले चितवनलाई अन्तिममा चौका हान्दै जित पनि दिलाए ।
एकै ओभरमा तीन विकेट गुमाएपछि दबाबमा आएको काठमाडौंका लागि लगत्तै क्रिजमा आएका नरेश बुढाऐरले कोल्सावालासँग सम्हालिएर खेल्न नपाउँदै विकेट गुमाए । बुढाऐरलाई पाँचौ ओभरमा कप्तान पारस खड्काले एक रनमै एलबिडब्लु धरापमा पारे ।
अन्तिम ओभरको दोस्रो बलमा करणले सुशानलाई पारस खड्काको हातबाट रनआउट गराए भने र चौथो बलमा अमरसिंह रौटेलालाई पुनः पारसको हातबाट नै क्याच गराउँदै काठमाडौंको पारी ९४ रनमै समेटिदिएका थिए ।
फाईनलमा चितवन र पोखराको खेल पक्कै पनि रोमान्चक हुनेछ । दुबै टिममा विस्फोटक ब्याट्सम्यानले जितका लागि चौका छक्का हान्नेछन् ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.