www.tandavnews.com
Fact ~ In search of truth

महिलाले गरे मदिरा र जुवातासमा प्रतिबन्ध

अछाम । 

मदिरा र जुवातासका कारण गाउँ गाउँमा हुने विकृति रोक्न रामारोशन गाउँपालिका–४ बाटुलासैनका महिलाले तिहारका बेला जाँड रक्सी र जुवातास प्रतिबन्ध गराएका छन् ।

महिला सञ्जालको नेतृत्वमा वडाका जनप्रतिनिधिसहितको भेला गराइ तिहारको समयमा वडामा कसैले पनि मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाइने र जुवातास खेल्न खेलाउन नपाइने निर्णय गराएका हुन ।

Batas

यसअघि पनि वडामा मदिरा र जुवातास नियन्त्रण अभियानमा सक्रिय महिला सञ्जालले दशैंको समयमा पनि मदिरा प्रतिबन्ध गराएको थियो ।

सञ्जालको निर्णय विपरीत कार्य गर्नेलाई कारवाही गरिएको महिला सञ्जालका अध्यक्ष हङ्शकला न्यौपानेले बताए ।

उनले भनिन्  “मदिराका कारण महिला हिंसाका घट्ना बढ्न थालेकाले यो अभियान चलाएका हौं ।”

जाँड रक्सी र जुवातास विरुद्धको अभियान प्रभावकारी बन्दै गएको उक्त वडाका वडासदस्य नन्दराज उपाध्यायले बताए । सञ्जालले छाउपडी कुप्रथा, जातीय विभेद्, घरेलु तथा महिला हिंसाका विरुद्धसमेत अभियान गरिरहेको उनले बताए। (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.