www.tandavnews.com
Fact ~ In search of truth

कुश्मा बजारमा नेपालकै अग्लो शिव-पार्वतीको मूर्ति बनाइने

कुश्मा ।

पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ ।

गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मूर्ति निर्माण गरिने भएको हो । सो मूर्ति न्यूनतम् ५१ फिट अग्लो बनाइने प्रारम्भिक विवरणमा उल्लेख छ । थप अध्ययन गरेर एशियाकै लामो हुने गरी मूर्ति बनाइने मेला आयोजक समितिले जनाएको छ ।

Batas

मूल समिति निर्माणसँगै हालसम्म रु २८ लाख जुटिसकेको छ । मूर्ति निर्माणका लागि १५१ जनालाई संस्थापक बनाइने आयोजकले जनाएको छ ।

आगामी २०७६ जेठ १ देखि ११ गतेसम्म धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होम आयोजना गरिने छ भने त्यसपछि आगामी वर्ष पनि धार्मिक मेला सञ्चालन गरिनेछ ।

मुख्य प्रवचक पं. ईश्वरकृष्ण महाराजजीले भने , “पार्वतीजको जन्मभूमिको रुपमा परिचित कुश्मा र भगवान् शिव गुप्त हुनुभएको भनी विश्वास गरिएको गुप्तेश्वर क्षेत्रमा विश्वकै अग्लो शिवपार्वतीको मूर्ति बनाउन हामी लागेका छौँ ।”

मूर्ति निर्माणका हालसम्म नै २८ जना स्थानीयवासीले रु एक–एक लाख दान बोलिसक्नुभएको भेला आयोजक समितिका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.