www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनशिप हुने

पोखरा |

पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनशिप हुने भएको छ ।

एशियन टेनिस महासंघको कार्यक्रम अनुसार आगामी पुषको ४ देखि २० गते सम्म पोखरामा उक्त अन्र्तराष्टिय टेनिस हुन लागेको हो । प्रतियोगितामा १० देखि माथि र १४ वर्ष मुनिका १ सय ११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने छ ।

Batas

प्रतियोगितामा अष्टे«लिया, इण्डोनेशिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका खेलाडीहरुको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस संघले जनाएको छ । सर्किट १ मा ३० पुरुष र २३ महिला सहित ५३ जना तथा सर्किट २ मा ३३ पुरुष र २५ महिला सहित ५८ खेलाडीले भाग लिने संघका महासचिव नविन चालिसेले जानकारी दिए ।

प्रतियोगितालाई होटल टे«कर्स इनले मुख्य प्रायोजन गरेको छ । अंग्रेजी नयाँ वर्षका बेला हुने प्रतियोगिताले पोखराको पर्यटन विकासमा थप टेवा पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.