www.tandavnews.com
Fact ~ In search of truth

प्याराग्लाईडिङमा विश्वकपमा कोरिया पहिलो, नेपाल आठौँ स्थानमा

पोखरा
ताण्डव न्यूज ।
नेपालमै पहिलो पटक स्याङ्जाको स्वरेकमा आयोजना भएको प्याराग्लाईडिङ वल्र्डकपमा कोरियाले उपाधी जितेको छ । स्वरेकमा तीन दिनसम्म चलेको खेलमा ६ राउण्ड सकिँदा कोरियाले १२ अंक ल्याउँदै उपाधी हात पारेको हो । प्रतियोगितामा १८ देशका ७९ जना खेलाडीहरुको मात्र सहभागीता जनाएका थिए । नाम दर्ता भने १२१ देशका करिब १५० जना खेलाडीले नाम दर्ता गरेको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले जानकारी दिए ।

प्रतियोगितामा ३ वटा स्वर्ण पदक जित्न सफल भएको कोरियाले खुल्ला, एकल तथा समुह चरणको खेलमा समेत एकलौटी बनायो । पहिलो दिनको खेलमा तेश्रो स्थानमा रहेका कोरियाका स्याङज्यू लिमले दोस्रो दिनमा आफ्नो प्रस्तुती नै उल्ट्याए र सबै भन्दा अगाडी रहे । अन्तमा ६ राउण्डको खेलमा १२ अंक आफ्नो खातामा पार्दै खुल्ला तर्फ उपाधि जिते । वल्र्डकपको छ राउण्डको खेलमा कोरियाली खेलाडीहरुले नै दोस्रोे र तेस्रो स्थानमा आफुलाई उभ्याए । कोरियाका जीहुन हो १५ अंक सहित दोश्रो स्थानमा रहन् सफल भए भने किम कि हेवन तेस्रो भए ।

प्रतियोगितामा सोलोभानियाका प्रि–लोजुक रोकले चौथो स्थान हासिल गरेका छन् । प्रतियोगितामा १६ अंक ल्याएका उनी पहिलो दिनको दुई राउण्डको खेलमा भने अग्र स्थान रहेका थिए ।

Batas

एसियाली खेलकुदमा रजत पदक विजेता नेपाली खेलाडी यूकेस गुरुङ खुल्ला तर्फको ईभेण्टमा ३३ अंकका साथमा ८ औं स्थानमा समेटिए ।

तीन दिन सम्म चलेको छ राउण्डको खेलमा महिला तर्फ पनि कोरियाका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्दै स्वर्ण पदक हात पारे । कोरियाकी हुनही किमले छ राउण्डको खेलमा महिला तर्फ उपाधि हात पारिन । कोरियाकै योनह्याङ चो दोस्रो भइन् । त्यसैगरी इण्डोनेसियाकी गिता रेजकी गुण्टरी तेस्रो भइन ।

वल्र्डकपमा पुरुष समुहको प्रतिस्पर्धामा कोरियाले पहिलो र दोस्रो उपाधी हात पा¥यो भने नेपालले तेस्रो स्थानमा चित्त बुझायो । कोरियाले ९३ अंकका साथ स्वर्ण पदक र १ सय ६४ अंकका साथ रजत पदक हात पार्दा नेपालले २ सय ८४ अंकका साथ कास्य पदक हात पार्न सफल भएको आयोजक टोलीका सदस्य अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १ हजार ५ सय, १ हजार २ सय र ७ सय युरो प्राप्त गरे भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गरेको प्रतियागिताका सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले बताए ।

प्राप्त गरे भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गरेको प्रतियागिताका सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले बताए ।

उपाधी जित्ने खेलाडीहरुलाई भूमि सुधार मन्त्री पद्मा अर्याल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, नेफाका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङ लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.