www.tandavnews.com
Fact ~ In search of truth

नेपाली फिल्ममा सन्नी लियोनले अभिनय गर्ने

पोखरा / ताण्डव न्यूज ।

बलिउड अभिनेत्री सन्नी लियोनले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् ।

‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नीले आफ्नो ‘डान्स पर्फमेन्स’ गर्ने भएकी हुन् । छोटो दृश्य मात्रै भए पनि नेपाली फिल्मका लागि सन्नी लियोनको यो पहिलो अभिनय हुने छ ।

Batas

सन्नीले हालै आफ्नो ट्वीटरमार्फत पनि आफू नेपाली फिल्ममा ‘डान्स पर्फमेन्स’ गर्न पाएकोमा खुसी अनुभुत गरेको बताएकी छन् । ‘एबी ईन्टरनेश्नल’को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको सूटिङ बेलायतमा हुने बताइएको छ ।

बलिउडमा प्रभावशाली भुमिका नपाइरहँदा सन्नीले नेपाली चलचित्रमा अभिनय गर्ने भएकी हुन् । उनी यसअघि पनि काठमाण्डुमा आएर आफ्नो प्रस्तुती दिइसकेकी छन् ।

सन्नी लियोनले ट्वीटरमा फिल्ममा अभिनय गर्न पाएकोमा खुसी लागेको भन्दै यस्तो लेखेकी छन्ः

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.