www.tandavnews.com
Fact ~ In search of truth

पेश्की नपाएपछि सिजीका मजदुरले बन्द गरे उद्योग

नवलपुर
ताण्डव न्यूज

उद्योगपती एवं नेपाली कांग्रेसबाट समानुपातीकमा प्रतिनिधि सभा सदस्य बनेका बिनोद चौधरीको नवलपुरमा रहेको उद्योगले तिहार पेश्की रकम नदिएको भन्दै मजदुरहरुले ७ घण्टा उद्योग बन्द गरेका छन् ।

मजदुरहरुले सोमबार बिहान ६ बजे देखी दिउसाे १ बजे सम्म उद्योग बन्द गरेको अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर युनीयनका अध्यक्ष गोपाल बस्नेतले बताए । उनका अनुसार यस अघिको बर्षहरुमा चाडपर्ब महीना नसकीदै आएमा पेश्की रकम दिने गरेको तर अहीले तिहारमा उद्योगले तिहार पेश्की नदिने भनेपछी उद्योग बन्द गरेको बताएका छन् ।

Batas

उद्योग व्यवस्थापन पक्षले वार्ता बस्ने सहमती जनाएपछी १ बजे पछि भने उद्योग सञ्चालन भएको युनीयनका अध्यक्ष बस्नेतले बताए । दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राममा १८ सय मजदुरले काम गर्ने गरेका छन् ।

चौधरी उद्योग ग्राम दुम्कौलीका बरिष्ठ माहप्रबन्धक रामभक्त्त केसीले दशैमा नै तलबसहित बोनस  दिएको कारण अहिले नदीएको बताए । तिहारमा पेशकी दिने चलन पनि नरहेको र महीना पनि नसकीदै तलब दिन नमिल्ने उनकाे भनाइ थियाे । महिना नसकिदै तबल दिने कार्य कानुनमा पनी नभएकोले अहीले मजदुरहरुले तिहार पेश्की नपाउने उनले सुनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.