www.tandavnews.com
Fact ~ In search of truth

ठूलीभेरी नदीमा जीप खस्याे, १० को मृत्यु

डोल्पा ।

सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जीपमा १२ जना सवार थिए । ती यात्रुको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

Batas

शव नदीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल दुनै लगिएको छ । दुई जनाको भने नदीबाट जीवितै उद्धार गरिएको प्रजिअ थापाले बताउनुभयो । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.