www.tandavnews.com
Fact ~ In search of truth

नेपाल इन्जिनियर्स एशोसियसनकाे नेतृत्वकालागि ‘प्रोग्रेसिभ’को उम्मेदवारी दर्ता (नामावली)

पाेखरा
ताण्डव न्यूज ।

नेपाल इन्जिनियर्स एशोसियसन गण्डकी प्रदेशको लागि प्रोग्रेसभि इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन) गण्डकीले आज (साेमबार) उम्मेदवारी दर्ता गराएको छ । निर्वाचनका लागि नेपाल इन्जिनियर्स एशोसिएशनले कार्तिक १८, १९ र २० गते उम्मेदवार मनोनयन दर्ता गर्न समय दिएको थियाे ।

निर्वाचन समितिकै कार्यतालिका अनुरुप प्रोग्रेसभि इन्जिनियरिङका सदस्यहरुले आज गण्डकी प्रदेशको कार्यकारीणी समितिका लागि उम्मेदवारी दर्ता गराए ।

Batas

प्रोग्रेसभि इन्जिनियरिङका तर्फबाट ई ओम प्रकाश गिरी केन्द्रीय सदस्यको उम्मेदवार रहने भएका छन् ।

यस्तै गण्डकी प्रदेश समितिका लागि सभापतिमा आ.इ बाबुराम भण्डारी र उपसभापतिमा इ ध्रुव राज भट्टराईले उम्मेदवारी दिए ।

सचिवमा इ. दीपक थापा,सहसचिव इ विष्णु प्रसाद खनाल र कोषाध्यक्षमा इ सोवित बहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन् ।

यस्तै सदस्यमा इन्जिनियरहरु हरिकला थापा गुरुङ, केशव बस्नेत, कृष्ण प्रसाद पौडेल, हरि केसी, राम कुमार श्रेष्ठ, बिमल आचार्य, भगवान कुँवर, प्रदिप न्यौपाने, सर्मिला गौतम र अनिश कुमार ढकालको उम्मेदवारी परेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.