www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

दमौली ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ ।

मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको हो ।

Batas

मन्त्रालयका अनुसार गोरखाको चुम्नुर्बी गाउँपालिकाको चुमभ्याली, लमजुङको काउलेपानी, तनहुँको कालिका शहीद तथा शान्ति पार्क र सिद्धगुफा भिमाद, कास्कीको मौजा होमस्टे, सिक्लेश पर्यटकीय क्षेत्र, मनाङको नार्फू ट्रेयल, मुस्ताङको लोमान्थाङ दरबार गुफा क्षेत्र, पर्वतको दुर्लुङ्ग क्यानोनिङ्ग(छाँगावरोहण), केभिङ्ग र होमस्टे तथा महाशिला नयाँ पर्यटकीय गन्तव्यका रुपमा छनोट भएका हुन् ।

त्यसैगरी स्याङ्जाको सतौ–चण्डिकालिका क्षेत्र, आलमदेवी, बागलुङको भकुण्डे भैरवस्थान गाजाको दह, ढोरपाटन आरक्ष क्षेत्र, नवलपरासी पूर्वको दाउन्नेदेवी, म्याग्दीको घोरेपानी पर्यटकीय क्षेत्र र रघुगङ्गा रुइसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्ग नयाँ पर्यटकीय गन्तव्यका रुपमा छनोट गरिएको छ ।

मन्त्रालयका सह–सचिव एवं प्रवक्ता घनश्याम उपाध्यायले पर्यटन क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पु¥याउन पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीयस्थल र उपजको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्न जरुरी रहेको बताए ।

सरकारले चालू आव २०७५÷७६ को बजेट वक्तव्यमार्फत नेपालको पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने घोषणासहित बजेट विनियोजन गरेको थियो । मन्त्रालयका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दा बढीको आवेदन परेको थियो । मन्त्रालयले देशभर एक सय नयाँ गन्तव्य पहिचान गरेको हो ।

नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले पाँच आधार तय गर्दै भदौमा सूचना प्रकाशन गरेको थियो । निजी क्षेत्रको सहकार्यमा गन्तव्य स्थानको विकास गरिनेछ । नयाँ एक सय गन्तव्य छनोटले सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुग्नेछ ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.