www.tandavnews.com
Fact ~ In search of truth

पीपीएलको उपाधी पोखरा पल्टनलाई

पोखरा
ताण्डव न्यूज ।  
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधी पोखरा पल्टनले उचालेको छ । मंगलबार भएको फाइनल खेलमा पारस खड्का नेतृत्वको चितवन राइनोजलाई हराउँदै शरद भेषवाकर नेतृत्वको पोखराले उपाधी उचालेको हो । पोखरालाई उपाधी दिलाउने क्रममा पोखरा मध्यक्रमका ब्याट्सम्यान रविइन्दर सिंहले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जिते हात पारेको हो ।
नेपालमै आइसीसीले नै पहिलो पटक मान्यता दिएको पीपीएलको पहिलो संस्करणको उपाधिसँगै पोखराले नगद २७ लाख रुपैयाँ जितेको छ । उपविजेता बनेको चितवनले भने १० लाख रुपैयाँमा चित्त बुझाउन बाध्य भयो ।
चितवनले दिएको १ सय ६१ रनको लक्ष्य भेटाउने क्रममा पोखराले ४ बल खेल्न बाँकी छदै खेल जित्यो । अन्तिम ओभरमा ४ रनको आवश्यकता रहेको बेलमा विनोद भण्डारीले दोस्रो बलमा चितवनका भुवन कार्कीको बलिङलाई चौका प्रहार गरेपछि खेल पोखराको पल्टनको पोल्टामा गएको हो ।
पोखराका लागि रवि इन्द्र सिंहले उत्कृष्ट ब्याटिङ गरे । उनले ५८ बलको सामनामा १३ चौका र ३ छक्काको सहयोगमा ९० रन बनाए ।
पोखराका ओपनर कुशल भुर्तेल २ बल खेलेर ४ रनमा आउट भएका थिए । सुरुमा धरमराएको पोखरलाई दोस्रो विकेटका लागि आएका रवि इन्दर सिंह र आसिफ शेखबीच ६१ रनको साझेदारी बनाउँदै इनिङ सम्हाले । आसिफ पनि १२ बलमा १२ रन बनाएर रनआउट भएपछि अनिल कुमार शाहले रबिइनदरलाई साथ दिए ।
आक्रामक ब्याटिङ गरेका पोखरा मध्यक्रमका ब्याट्सम्यान १४ बलमा २५ रनमा आउट भए। सनी पटेलको बलमा अनिललकुमार साहबाट बाउन्ड्री लाइनमा क्याच हुनुअघि उनले १ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान शरद भेषवाकरले २३ बलमा २२ रन जोडेर आउट भए । भुवन कार्कीको एलबिडब्लूको धरापमा पर्नुअघि उनले २ चौका प्रहार गरे । २ बलमा पछि रोहित पौडेल आउट हुन पुगेका थिए ।
बलिङमा भुवन कार्कीले २ विकेट लिए । कप्तान पारस खड्का, सनी पटेल र करण केसीको नाममा समान १–१ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन जोड्यो ।
चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे पनि जितका लागि पुरा भएन । रासिद खानबाट रनआउट हुनुअघि पारसले ३७ बलमा ९ चौका प्रहार गरे । पारसले अनिलसँग दोस्रो विकेटका लागि ११ ओभर खेलेर ७६ रनको साझेदारी गरेका थिए । अनिल ३७ रन जोडेर आउट भए । मोहमद नावेदको बलमा बोल्ड हुनुअघि उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पारस र अनिलको उत्कृठ साझेदारी भएपनि जितका लागि पर्याप्त भएन ।
बलिङतर्फ पोखराका कृष्ण कार्कीले २ विकेट लिए । उनले अन्तिम ओभरमा सनी पटेल र करण केसीलाई आउट गरेका थिए । ललितनारायण राजवंशी र मोहमद नावेदले १(१ विकेट लिए । दुवैले ४–४ ओभरमा १८–१८ रन खर्चिए । क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिगमा छ वटा टिमले सहभागि जनाएका थिए । समान छ अंकका साथ फाइनल भिडेका दुई टिममा पोखरा रनरेटका आधारमा शिर्ष स्थानमा रहँदै उपाधी उचाल्न सफल भयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.