www.tandavnews.com
Fact ~ In search of truth

पुम्दीभुम्दीमा ट्याक्सी दुर्घटना, कृस्तीका सुमनको मृत्यु

पाेखरा।

पोखराको पुम्दीभुम्दीमा ट््याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ग्यारेजमा धुन दिइएको ट्याक्सी आज बिहान ६.३० बजे लिन जाँदा नभेटिएपछि ट््याक्सीधनीले प्रहरीमा खबर गरेका थिए । ग्यारेजका मालिक समेत बेखबर रहेको सो घटनाका बारेमा ट््याक्सी दुर्घटनापछि मात्रै हराएको र ट््याक्सी दुर्घटना भएको सत्य बाहिर आएको हो ।

Batas

आइतबार ट्याक्सी धुन भनेर ट्याक्सी चालक राजु थापाले ग्यारेजमा ट्याक्सी छोडेका थिए । सोमबार बिहान जाँदा ट्याक्सी ग्यारेजमा थिएन । अनुसन्धानका क्रममा सोमबार राति दुर्घटना भएको ट््याक्सी सोही ट्याक्सी भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

दुर्घटनामा अन्दाजी २४ वर्षीय सुमन पौडेल (सुवास) को मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको थप पहिचान खुल्न बाँकी छ । ग १ ज ५४३ नं को ट््याक्सी पोखरा २२ पुम्दीभुम्दीस्थित फलेंटेको मोडमा दुर्घटना भएको हो ।

ट्याक्सी सडकबाट ५०० मिटर तल खसेको थियो । मृतक पौडेलको घर कास्कीको कृस्तीमा छ ।

उनले सिक्नका लागि राति ट्याक्सी लगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीले त्यसबारेमा ट््याक्सी धनी जिरो किलोमिटरका प्रेमबहादुर गुरुङमाथि थप अनुसन्धान भइरहेको बताए ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.