www.tandavnews.com
Fact ~ In search of truth

प्रहरी र जनताबीच अन्तरसम्बन्ध आवश्यक

पोखरा । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज यहाँ आयोजित समुदायमा प्रहरी साझेदारीसम्बन्धी अन्तक्र्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निष्ठा र इमान्दारीका साथ शान्तिसुरक्षा कायम गर्न दत्तचित भएर काम गर्नुपर्नेमा जोड दिए ।

Batas

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले प्रहरीले शान्ति सुरक्षा कायम गर्दै घटनाको न्यूनीकरणमा जोड दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जनप्रतिनिधि र प्रहरीको सहकार्यमा शान्तिसुरक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठले मुलुक र जनताको सुरक्षाका लागि प्रहरीले अगाडि सारेको प्रत्येक गतिविधिलाई मिडिया क्षेत्रले सहयोग गर्दै आएको जानकारी दिए। (रासस)
––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.