www.tandavnews.com
Fact ~ In search of truth

नक्कली सुन बेच्ने तीन पक्राउ

भक्तपुर ।

एक किलो सुन ३५ लाख रुपैँयामा बिक्री गर्ने भन्दै नक्कली सुन बिक्री गर्न ग्राहक खोज्दै हिँडेका तीनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय राजु लामा, धादिङ, गजुरी गाउँपालिका–१ का २४ वर्षीय राजेन्द्र तामाङ र काभ्रे, रोशी गाउँपालिका–४ का ३६ वर्षीय राजकुमार तामाङ रहेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सुनको बिस्कुट जस्तै देखिने एक किलोग्राम लेखेको एक ढिक्का पहेँलो वस्तु लिएर सुन भन्दै बिक्री गर्न ग्राहकको खोजी गर्दै हिँडेका उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई नै महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery